निसीखोलामा निउरो टिप्न गएका बृद्ध मृत अवस्थामा फेला

आदर्श अनलाइन,बागलुङ

जिल्लाको पश्चिम निसीखोलामा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।

निसीखोला गाउँपालिका ६ गुममा ७४ वर्षीय देउमने बुढा मगरको शव फेला परेको हो ।

निउरो टिप्न जंगलमा गएका बुढा आइतबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । निउरो टिप्न घरबाट जंगल जान्छु भनेर गएका वृद्ध भदौं १८ गतेदेखि सम्र्पक विहिन हुनुभएको थियो ।

घटनाबारे थप अनुसान्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटना स्थल तर्फ गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *