ताराखोलाको भुस्कातमा स्वास्थ्य इकाइको भवन निर्माण

आदर्श अनलाइन, बागल्ङ
ताराखोला गाउँपालिका वडा नम्बर १ भुस्कातमा स्वास्थ्य इकाईको भवन निर्माण भएको छ ।

आर्थिक वर्ष २०६६/७७ मा गण्डकी प्रदेशबाट १२ लाख र गाउँपालिकाबाट १० लाख गरि २२ लाखमा भवन निर्माण भएको छ ।

भवनको सोमबार ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले उद्घाटन गर्नु भएको छ । उहाँले भवन उद्घाटन गर्दै गाउँपालिकाको सबै क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तरीय बनाउन थालेको बताउनुभयो ।

अध्यक्ष घर्तीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाएको बताउनुभयो ।

यस स्वास्थ्य इकाइबाट भुस्कात, मेले लगायतका क्षेत्रका स्थानीयहरु प्रत्यक्ष लाभाम्बित भएका छन् । यस अगाडी घर भाडामा लिएर स्वास्थ्य इकाई संचालन गर्दै आइउको थियो ।

स्वास्थ्य इकाइको आफ्नै भवन नहँदा सेवा प्रवाहमा समस्या भएको र आफ्नै भवन बनेपछि सहज हुने अध्यक्ष घर्तीको भनाई छ ।

‘यस अगाडी खानेपानी र शौचलयको राम्रो प्रबन्ध थिएन, आउने बिरामीहरुलाई व्यवस्थापन गर्न समस्या थियो,’ उहाँले भन्नुभयो ‘अब यसको राम्रो व्यवस्थापन हुने छ र यहाँबाट प्रवाह हुने सेवा पनि प्रभावकारी र सहज बन्ने छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *