महिला हित सहकारीका सेयर सदस्यलाई अचार बनाउने तालीम

दर्श अनलाइन, बागलुङ ।

महिला हित सकारी संस्था बागलुङले आफ्ना सयेर सदस्यको बिचमा अचार बनाउँने तालीम सुरु गरेको छ ।

संस्थाका अध्यक्ष लिलादेबि खड्काले ‘सीप सिकौ, आत्मनिर्भर बनौ’ भन्ने संस्थाको अभियान अन्तर्गत अचार बनाउने तालीम सुरु गरिएको बताउनुभयो ।

आइतबारबाट सुरु भएको तालीममा संस्थाका १७ जना सेयर सदस्य सहभागी भएका छन् । तालीम ७ दिनसम्म सञ्चालन हुने संस्थाका प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिनुभयो ।

तालीमको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष अध्यक्ष लिलादेबि खड्को अध्यक्षता, उपाध्यक्ष लक्ष्मी केसीको स्वागत र कर्जा विभाग प्रमुख दुर्णकला शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । तालीम तालीममा जोत्स्ना शाक्य प्रशिक्षक रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *