बाढीग्रस्त ढोरपाटनमा राष्ट्रिय युवा संघले निर्माण गर्याे काठे पुल

आदर्श अनलाइन, बागलुङ ।
राष्ट्रिय युवा संघ बागलुङ ढोरपाटनका युवाहरुले बाढीग्रस्त क्षेत्र ढोरपाटनमा काठे पुल निर्माण गरेका छन् ।

भदौ १७ गते स्थानीय भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ९, ८ र ७ मा ठुलो जनधनको क्षती भएको थियो ।

मानविय र ठुलो मात्रामा भौतीक क्षती भएका स्थानहरुमा राहत, उद्दार र निर्माणमा सबै जुटेपनि बाढीको कारणले वडा नम्बर ५ का स्थानीयलाई समेत खोला बढ्दा ओहोर दोहोरको लागि समस्या भएकाले स्थानीय साराखेतको खोलामा अस्थायी काठेपुल निर्माण गरिएको राष्ट्रिय युवा संघ ढोरपाटनका सदस्य दिलीप घर्तीले जानकारी दिनुभयो ।

घर्तीले सोही ठाउँमा बाढीको बगाएको अधिकारीचौरको झोलुङले पुलदेखि गाउँ पुग्ने १ किलोमिटर गोरेटो बाटो समेत निर्माण गरेको बताउनुभएको छ । अहिले काठे पुल निर्माण गरिएको स्थानमा मोटरेवल पुल निर्माण कार्य जारी रहे पनि बाढीले काम प्रभावित बनेको छ ।

पुल र बाटो निर्माण कार्यमा राष्ट्रिय युवा संघ ढोरपाटनका सदस्य पानश घार्ती, जीबन घर्ती, हिम्मत घर्ती, नविन घर्ती र शेरबहादुर घर्ती लगाएतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *