जीवन बीमामा आइएमई लाइफ इन्स्योरेन्सको भूमिका प्रभावकारी छ : सिइओ फुँयाल

आदर्श अनलाइ, बागलुङ
आइएमई लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइयो) कवि फुयालले जीवन बीमा कार्यक्रमलाई आम विपन्न समुदायका बीच पु¥याउने प्रतिवद्धता जनाउनु भएको हो ।

आइएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले सोमबार आयोजना गरेको सिइओ फुयालको स्वागत तथा अभिकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

बिमाका बारेमा देशव्यापी सचेतना फैलाउने उद्देश्यका साथ संस्थाले योजना बनाएको भन्दै उहाँले युवाहरुको क्षमता विकास र व्यवसाय प्रवद्र्धनमा समन्वय गर्ने बताउनु भएको हो ।

प्रमुख कार्यकारी अधिकृत फुयालले आइएमई लाइफ इन्स्योरेन्सले जीवन विमाको क्षेत्रमा पु¥याएको योगदान, संस्थाले निकट भविस्यमा सञ्चालन गर्न लागेका योजनाहरु र अभिकर्ताहरुको क्षमता विकासका कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

आइएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रवन्धक तथा गण्डकी प्रदेशका प्रमख सूर्यप्रसाद घिमिरेले जीवन विमालाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि आइएमई लाईफ इन्स्योरेन्स निरन्तर लागि परेकोे बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, बागलुङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका उपाध्यक्ष गंगा शर्मा, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी, सिनियर एजेन्सी म्यानेजर जीवन काउचा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम आइएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटाको अध्यक्षता, बजार प्रमुख आयुश शर्मा सापकोटाको सञ्चालन र एजेन्सी म्यानेजर मनिता खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *