अभिभावक विहिन बालबालिकाको बीमा बागलुङ आइटिएफले गरिदिने

आदर्श अनलाइन, ढोरपाटन

बागलुङ जिल्ला आइटिएफ टेक्वान्दो संघले ढोरपाटन बाढीमा परी अभिभावक गुमाएका चार बालबालिकाको बीमा गरिदिने भएको छ ।

गत भाद्र १७ गते रातीको बाढीमा आफना अभिभावक गुमाएर बेसहारा बनेका चार बालबालिकाको बीमा गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनुभयो । अभिभावक गुमाएका महेश विक, सुस्मिता विक, विशाल घर्ती मगर र मिना विकको भोलीको जोखिम र सहजताका लागि प्रति व्यक्ति १ लाख रुपैयाँ बराबरको १५ वर्षे बीमा गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

पीडितहरुको माझमा पुगेर बालबालिकाको जन्मदर्ता सहितका कागजात वडा कार्यालय मार्फत लिइएको छ । तत्काल चार जना बच्चाको नामबाट संस्थागत रुपमा १,१ लाख जम्मा गरिने संस्थाका सचिव प्रतिक घर्तीमगरले बताए ।

उक्त रकमबाट वार्षिक रुपमा बीमाको किस्ता तिरिने र १५ वर्ष पुगे पछि एकमुष्ठ रकम निकालेर बालबालिकाले प्रयोग गर्न मिल्ने गरी बीमा गराई दिन लागिएको संस्थाका सचिव प्रतिक घर्तीमगरले बताए । आइटिएफले विभिन्न सहयोगिदाताबाट उक्त रकम संकलन गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *