स्वर्गिय हेमप्रसाद पुनको सम्झनामा तंग्राममा १४ औं स्मृति दिवस

आदर्श अनलाइन, बागलुङ

अखिल नेपाल जनजाति सम्मेलन काठेखोला गाउँ समिति बागलुङको आयोजनामा स्वर्गिय हेम पुनको सम्झनामा १४ औं स्मृति दिवसमा सम्झना गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद् सदस्य तिलक थापाले स्वर्गिय पुन प्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो । उहाँले पार्टी संगठन र परिवर्तनको पक्षमा पुयाउनु भएको योगदानको चर्चा गर्नु भएको थियोे ।

कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, जातीय समता समाज बागलुङका सचिव टीका संगम बि।क, अखिल छैठौं बागलुङका पुर्व अध्यक्ष शिवलाल चालिसे, अखिल नेपाल शिक्षक संघ काठेखोलाका सदस्य कुमार के।सी। लगायतले श्रद्धाञ्जली मन्तब्य दिनु भएको थियो ।

कार्यक्रम काठेखोला गाउँ समितिका अध्यक्ष थमन पुनको अध्यक्षता, राष्ट्रिय परिषद् सदस्य कर्ण पुनको सञ्चालन र प्रदिप पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्