मोटरेवल पुल संरक्षणमा सांसदद्वारा तारजाली उपलब्ध

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा २५ को कालिकाचोक स्थित सुईखेत शेरा मोटरेवल पुल संरक्षणको लागि तारजाली उपलब्ध गराएका छन् ।

बाढीपहिरोले पारेको प्रभावको बारेमा आफ्नो निर्वाचन क्षेत्र कास्की ३ (क) अन्र्तगत पर्ने पोखरा २५ को शेरा मोटरेवल पुल अवलोकन पश्चात सांसद बरालले ४० थान तारजाली उपलब्ध गराएको स्थानीय महादेव अधिकारीले बताए ।

सुइखेत खोलाले ट्याक परिवर्तन गरी पुलमुनिबाट नभई अन्य ठाँउबाट पानी वग्न थालेपछि पुल संरक्षणको लागि विभिन्न निकायमा सहयोग माग गर्दा हालसम्म कुनै सुनुवाई नभएको अबस्थामा सांसद बरालले सिंचाई डिभिजन कार्यालय कास्की मार्फत उक्त तारजाली उपलब्ध गराएका हुने ।

पोखरा २५को हेमजा र २४ कास्कीकोट जोड्ने मोटरेवल उक्त पुल गत भदौं २४ गते आएको बाढीले पुलको छेउ तर्फबाट बग्न थालेपछि स्थानीयले बाँसको फड्के बनाएर आरपार गरेका थिए ।

खोलाले धानखेत समेत कटान गरेको छ । खोलाको कटानबाट ५ हजार जना प्रत्यक्ष प्रभावित भएको स्थानीयहरु बताउछन् । खोलाले हरेक बर्ष दुःख दिने भएकोले उक्त खोला नियन्त्रणमा आवश्यक तारजाली उपलब्ध गराउन सांसद समक्ष माग समेत गरिएको स्थानीय राजु पौडेलले बताए । यस अघि सांसद बरालले माथिल्लो सुइखेल खोला नियन्त्रण तथा बस्ती संरक्षणको निम्ति ३५ थान तारजाली उपलब्ध गराएको स्थानीय भोजराज पौडेलले बताए ।

यसैबीच, सांसद बरालले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ स्थित धम्पुसमा समेत बाढीपहिरोले पारेको प्रभावको बस्तुस्थिति अवलोकन गरेको स्थानीय बैकुण्ठ भण्डारीले बताए । धम्पुसको खाँनीगाँउ जाने सडक बाटो सहितको झिंगेखोलामा पुल निर्माणमा आवश्यक पहल गर्न स्थानीयले सांसद बराल समक्ष माग समेत गरेका छन्।

उक्त बाटो तथा पुलमा क्षति पुग्दा स्थानीय करिब एक सय ५० घर परिवारलाई प्रत्यक्ष असर पर्ने भएको उनले जनाए । धम्पुसको शान्ति टोल (लखने) बाटो भासिदा हाल बाटो सहित स्थानीय १८ घर परिवार उच्च जोखिममा रहेको माछापुच्छ्रे गाउँपालिकाका वडा अध्यक्ष सम गुरुङले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *