प्रहरीले पदमार्गको पहिरो हटायो

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समाजिक क्रियाकलापमा सक्रियता देखाउन थालेको छ ।

निरन्तरको वर्षापछि बहिरा विद्यालयदेखि गणेशथान घुम्ती जाने पदमार्गमा खसेको ठुलो पहिरो शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले पन्छाएको छ ।

पदमार्गमा ढुङ्गा खसेर आवत जावतमा समस्या मात्र भएको थिएन, त्यही ढुङ्गाको कारणले थप दुर्घटना निम्तन सक्ने जोखिम समेत बढेको थियो प्रहरी निरिक्षक रेग्मीले भन्नुभयो जिल्ला प्रहरी कार्यालय बागलुङ र शसस्त्रको विपद् व्यवस्थापन गुल्मका साथीहरुको सहयोगले लामो प्रयाश पछि पहिरो पन्छाउन सफल भएका छौ ।

बहिरा विद्यालयको पछाडि पहिरो जाँदा पदमार्गमा ठूला ढुङ्गा खसेका थिए । प्रहरीले पछिल्लो समय हरेक शनिबार सार्वजनिक स्थानमा सरसफाई समेत गर्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *