लमजुङमा अलैंची रिसर्च सेन्टर निर्माण हुने

आदर्श अनलाइन, लमजुङ
 लमजुङमा अलैंची रिसर्च सेन्टर निर्माण हुने भएको छ । जिल्लाको मस्र्याङदी गाउँपालिका ६ दोभानचौरमा अलैंची रिसर्च सेन्टर निर्माण हुने भएको हो । अलैंची रिसर्च सेन्टर निर्माण लागत रकम ५० लाख अनुमान गरिएको छ ।

जिल्लामै अलैंची रिसर्च सेन्टर बन्ने भएपछि अलैंची किसान हर्षित भएका छन् । रिसर्च सेन्टर निर्माणपछि लमजुङमा अलैंची खेतीको थप प्रचार र प्रवद्र्धन हुने मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ र नेपाल अलैंची व्यवसायी महासंघ लमजुङको समन्वयमा रिसर्च सेन्टर निर्माण हुने जनाएको छ । नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङका अनुसार रिसर्च सेन्टर निर्माणका लागि मस्र्याङ्दी गाउँपालिकाले जग्गा उपलब्ध गराएको छ ।

उनका अनुसार रिसर्च सेन्टर निर्माणका लागि ग्रामीण युवा सरोकार केन्द्र र दिगो अनुसन्धान तथा विकास केन्द्र, काठमाडौंले ८ लाख रुपियाँ सहयोग गरेको छ । तामाङका अनुसार सेन्टर बनेपछि त्यहाँबाट अलैंची किसानले अलैंची सम्बन्धी सबै ज्ञान, सिप र तालिम पाउनेछन् ।

‘जिल्लामै रिसर्च सेन्टर बनेपछि जिल्लासंगै बाहिरका किसानले पनि सेन्टरको अनुगमन तथा निरीक्षण गर्न सक्नेछन् । लमजुङमा यसबर्ष अलैंची रोप्ने क्षेत्रफल पनि बढेको छ । लमजुङमा करिव २५ हजार अलैंची किसान रहेका छन् ।

गत बर्ष १ हजार ३ सय ५० हेक्टरमा अलैंची खेती गरिएको थियो भने यस वर्ष १ सय ५० हेक्टर बढेर १ हजार ५०० हेक्टर पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *