पहिराेमा ज्यान गुमाएका परिवारलाई राहत

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाका जैमिनी नगरपालिकामा पहिरामा परी ज्यान गुमाएकाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई संघीय सरकारले विपद्मा दिने राहत स्वरुपको रकम सोमबार हस्तान्तरण गरिएको छ ।

जैमिनी नगरपालिकामा वर्षतका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिदा मृत्यु भएका तीन जनाको परिवारलाई संघीय सांसद डा. सूर्य पाठक र प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दुई÷दुईलाखका दरले राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

जैमिनी नगरपालिका–१ कुस्मिसेरा टुनिबोटका मृतक लक्ष्मी देवी शर्माको छोरा देवराज शर्मालाई रु.२ लाख, मृतक हरि कृष्ण शर्माको श्रीमती टिका कुमारी शर्मालाई रु.२ लाख परिवार र वडा नं ५ बिनामारे स्थित मृतक जापला देवीको छोरा निलकण्ठ शर्मालाई रु.२ लाख र घरको क्षति सहित थप १५ हजार रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । गत भदौं २८ र २९ गते वर्षात पछि आएको पहिरोले टुनीबोट र बिनामारेमा तीन जनाको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *