सहकारीमा दोहोरो सदस्यता अन्त्य गर्न बेनी साकोसको आव्हान

आदर्श अनलाइन, बागलुङ
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी ऐन २०७४ को व्यवस्था अनुसार अन्य संस्थाको सदस्यता त्याग गरी एक ठाउँमा मात्र सदस्यता कायम गर्न आफ्ना शेयर सदस्यहरुलाई आव्हान गरेको छ ।

संस्थाको हालै सम्पन्न सञ्चालक समितिको वैठकले असोज मसान्त भित्र अन्य वचत तथा ऋण सहकारी संस्थामा सदस्य भएका आफ्ना शेयर सदस्यहरुलाई अन्यत्र सदस्यता त्याग गरी बेनी बचत तथा ऋण सहकारी संस्थामा मात्र सदस्यता कायम गर्न आव्हान गर्ने निर्णय गरेको हो ।

सहकारी ऐनमा भएको व्यवस्था र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विभागले जारी गरेको सूचना अनुसार संस्थाले अन्य वचत तथा ऋण सहकारीमा आवद्ध सदस्यहरुलाई एक ठाउँमा मात्र सदस्यता कायम गर्न आव्हान गरिएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।

सहकारीका सदस्यहरु एउटै विषयका धेरै सहकारीमा आवद्ध हुदा सहकारीको व्यावसायिकतामा समेत समस्या सिर्जना हुने गरेको अध्यक्ष गिरीको भनाई छ ।

सहकारी ऐन २०७४ को दफा ३२ (१) अनुसार कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थामा सदस्य हुन नपाइने व्यवस्था रहेको छ । ऐन प्रारम्भ हुनु भन्दा अघि कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एक भन्दा बढी संस्थाको सदस्य रहेको भए ऐन प्रारम्भ भएको मितिले तीन वर्ष भित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नु पर्नेछ भन्ने ऐनमा उल्लेख छ ।

सहकारी ऐन २०७४ कात्तिक १ गतेदेखि लागु भएको थियो । ऐनमा व्यवस्था भएको तीन वर्षको अवधी आगामी असोज मसान्तमा सकिदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *