गण्डकी प्रदेश खेलकुद विधेयक पारित, २५ सदस्यीय वोर्ड गठन हुने

आदर्श अनलाइन, पोखरा 
गण्डकी प्रदेशको खेलकुद विकासका लागि खेलकुद विधेयक वुधवार पारित भएको छ । गण्डकी प्रदेश सभाको ५७ औं बैठकबाट सामान्य संसोधन सहित गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित भएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले संघिय खेलकुद ऐनसँग नबाझिने गरि प्रदेश सभावाट विधेयक सामान्य संसोधन सहित पारित गरेको मन्त्री नरदेवी पुनले बताउनुभएको छ ।

यहि असोज ५ गते प्रदेश सभामा दर्ता भएको खेलकुद विधेयक विधायन समितीमा सामान्य संसोधन सहित पारित भएको विधायन समितिका सभापती एवम गण्डकी प्रदेश सांसद मोहन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वोर्डमा रहने १९ सदस्यियवाट बढाएर २५ सदस्यीय बनाइएको छ । उहाँले भन्नुभयो–“विधेयकमा उल्लेख गरिएको सवै कुराहरु जस्ताको तस्तै छन, वोर्ड सदस्य मात्रै बढाइएको छ ।”

विधेयक पारित भए सँगै प्रमाणिकरणका लागी करिब २ साताको समय लाग्ने मन्त्री पुनले बताउनुभयो । उहाँले भन्नुभयो–“प्रमाणिकरण लगतै सदस्य सचिब छनोटका लागी समिती गठन हुनेछ ।” विधेयकमा सदस्य सचिव छनोटका लागि ३ सदस्यिय समिती गठन गर्ने प्रावधान रहेको छ ।

गण्डकी प्रदेश खेलकुद विकास समितीको सदस्य सचिव बन्नका लागि ६० वर्ष उमेर हद तोकिएको छ भने स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ । त्यसै गरि प्रदेश खेलकुद सञ्चालन गर्न सदस्य सचिब सहित ५ सदस्यीय कार्यकारी वोर्ड समेत रहनेछ भने वोर्डको कायकाल ४ वर्षको हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *