प्रहरी र समुदाय मिलेर शान्ति सुरक्षा

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालयका बागलुङका नव आगन्तुक प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले प्रहरी र समुदाय मिलेमात्रै सामाजिक अपराध नियन्त्रण गर्न सकिने बताउनुभएको छ ।

बुधबार सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक श्रेष्ठले समुदायबीन प्रहरीले काम गर्न नसक्ने भन्दै समुदायको सहयोगभएमा सामाजिक हिंसा र अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रामरेखा उपशाखाका सभापती तेजेन्द्र आर्चाय, कलाकार तथा समाजसेवी लक्ष्मण श्री, बागलुङ कालिका भगवती गुठीका अध्यक्ष राजु खड्का लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रलाई सहयोग गर्ने र आजिवन सदस्यभएकालाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्यको अध्यक्षता, प्रथम उपाध्यक्ष सम्भु आचार्यको स्वागत तथा महासचिव तथा बागलुङ नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *