कास्कीका सहकारीकर्मीलाई योग सचेतना

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणका कारण उत्पन्न संकटलाई सहज रुपमा रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यका साथ कास्कीका सहकारीहरुबीच एक दिने प्राकृतिक चिकित्सा र योगको भूमिका विषयक सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड कास्कीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नवलपुरका निर्देशक डा. विनोद पौडेलले सहजीकरण गर्नु भएको थियो ।

कोरोना रोगको परिचय, यसले समाजमा पार्न सक्ने प्रभाव, कोरोनाबाट जोगिने उपाय र आम समुदायलाई यसका बारेमा दिनु पर्ने सचेतनाका बारेमा पौडेलले जानकारी गराउनु भएको थियो । उहाँले कोरोनाले अन्य रोग लागेका व्यक्ति, बृद्ध बुद्धाहरुलार्ई छिटो संक्रमण गर्ने भएकाले सचेत रहन आव्हान गर्नु भयो ।

कोरोना मात्रै होइन अन्य रोगहरुबाट बच्नका लागि समेत मानिसले रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्नेमा जोड दिदै उहाँले खानपानमा ध्यान दिने, योग तथा प्राणायम लगायत तनाव व्यवस्थापनका विभिन्न उपायहरुको अवलम्बन गर्न सकेमा कोरोनाबाट सहज रुपमा जोगिन सकिने बताउनुभयो ।
रोग प्रतिरोधी क्षमता वृद्धि गर्नका लागि मह, कागती पानी, कोदो फापर जस्ता पोषक तत्व बढी भएका खानेकुरा, उमारेका गेडागुडी जस्ता तागतिला खानेकुरामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीकर्मीहरुका लागि प्राकृतिक चिकित्सा तथा योगका बारेम दिइएको जानकारी प्रभावकारी रहेको बताउनुभयो । उहाँले कोरोना लगायतका रोगबाट बच्नका लागि अपनाउनु पर्ने सतर्कताका बारेमा सहकारी अभियानकर्मीहरुले आफ्ना सदस्य र आम समुदायलाई सचेत बनाउनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रम जिल्ला सहकारी सघ कास्कीका अध्यक्ष रविरमण तिवारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बलराम गौतमको स्वागत र राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *