पोखरा २४ का महिलालाई प्याड बनाउने तालिम

आदर्श अनलाइन, पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २४ का महिलाहरुलाई कपडाको सेनेटरी प्याड बनाउने तालिम दिइएको छ ।

जेसिज पोखराको आयोजना, पोखरा महानगरपालिका–२४ को समन्वय तथा पखेटा नेपालको प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड बनाउने तालिम दिइएको हो ।

सिलाई कटाइमा रुचि भएका वडाका १९ जना महिला तालिममा सहभागी भएका थिए । वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बजारमा पाइने सेनेटरी प्याडको प्रयोग महिलाको स्वास्थ्यको लागि उपयुक्त नभएको भन्दै आफै बनाएर प्रयोग गर्नुपर्ने बताउनुभएको थियो । बजारमा पाइने प्याड २ देखि ४ घण्टा सम्म मात्र प्रयोग गर्न मिल्ने भएपनि जनचेतना अभावको करण महिलाहरुले दिनभर प्रयोग गर्दा स्वास्थ्य समस्या हुनसक्ने उहाँको भनाई थियो ।

कार्यक्रममा वडा सचिव कुश्मराज सुवेदीले लामो समय सम्म बजारमा पाइने प्याड प्रयोग गर्दा महिलाको पाढेघरको मुखमा क्यान्सर हुन सक्ने, योनी चिलाउने र सेतो पानी बग्ने लगाएतका समस्या हुन सक्ने बताउँनुभएको थियो ।

तालिम जेसिज पोखराका अध्यक्ष शिव प्रसाद सापकोटाको अध्यक्षता, महासचिव अनन्त प्रधाङ्गको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *