कुश्मा नगरपालिका मा अनलाईन घट्ना दर्ता सुरु

आदर्श अनलाइन, पर्वत
जिल्लाको सदरमुकाम समेत रहेको कुस्मा नगरपालिका वडा नम्बर ८ चुवाले आजदेखि ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणाली मार्फत सुरु गरेको छ । वडा नम्वर ८ ले आजबाट औपचारीक रुपमा अनलाईन घट्ना दर्ता कार्य सुरु गरिएको हो ।

बिद्युतिय शासन प्रर्बद्धनमा जोड दिने लक्ष सहित ब्याक्तिगत घट्ना दर्ता कार्यलाई अनलाईन प्रणाली मार्फत गर्न लागिएको वडाध्यक्ष राजकुमार क्षत्रीले बताउनुभयो । तत्कालको लागि ईन्टरनेटको पहुँच पुगेको हँदा अनलाईन प्रणाली मार्फत ब्याक्तिगत घट्ना दर्ता कार्य गरिने र आगामी दिनमा निरन्तरा दिइने उहाँले बताउनुभयो ।

वडा नं. ८ चुवामा सुरु गरिएको अनलाइन प्रणाली अन्र्तगत जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै अथक प्रयास पछि  अनलाईन प्रणाली मार्फत घट्ना दर्ता सुरु गर्न सफल भएको कुस्मा नगरपालिकाका आइटी अफिसर राजीब रिमालले बताउनुभयो ।

वडा मार्फत प्रवाह हुने सबै प्रकारका सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन अनलाईन प्रणाली प्रभावकारी हुने उहाँले विश्वास गर्नुभएको छ । अनलाईन प्रणाली मार्फत ब्यक्तिगत घट्ना दर्तामा पहिलोपटक जन्मदर्ता प्रमाण पत्र वडाध्यक्ष क्षेत्रीले सेवाग्रहीलाई प्रदान गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *