आदर्श सञ्चारले गर्यो जेष्ठ नागरिकलाई सम्मान

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीले अन्तराष्ट्रिय जेष्ठ नागरिकको दिवसको अवसरमा जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै संघीय सांसद तथा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मन कुमारी केसीले जेष्ठ नागरिकको सेवा सुविधामा सरकार गम्भीर रहेको बताउनुभयो ।



कार्यक्रममा संस्थाका जेष्ठ सदस्य प्रेम छोटा, देव बहादुर श्रेष्ठ, मती कार्की, हर्क बहादुर खत्री, हरीकला खत्री, सिन्दुर कुमारी श्रेष्ठ र तुलसी देवी कार्कीलाई सम्मान गरीएको हो ।



कार्यक्रममा सम्मानित जेष्ठ सदस्य प्रेम छोटा र देवबहादुर श्रेष्ठले सहकारीले जेष्ठ सदस्यलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि जेष्ठ सदस्यलाई सम्मान र आदार गर्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अन्जु) को अध्यक्षतामा भएको कार्यक्रम प्रबन्धक दिपक सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

सहकारीमा २४ जना जेष्ठ शेयर सदस्य भए पनि कोरोना कहरका कारण ग्रामीण भेगका सदस्यहरु उपस्थित हुन नसके पनि सदरमुकाम आसपासका जेष्ठ सदस्यहरु उपस्थित हुनुभएको थियो । कार्यक्रम स्वास्थ्य सजगता अपनाउँदै सावधानीका सामग्रीहरु अपनाएर कार्यक्रम गरीएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *