राष्ट्रिय युवा संघ बागलुङको इन्चार्जमा केसी र सह–इन्चार्जमा श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघ नेपालले जिल्ला इन्चार्ज र सह इन्चार्जको नाम आज टुङ्गाएको छ।

लामो समयसम्म जिम्मेवारी बाँडफाँड नहुँदा संगठनले काममा गती लिन सकेको थिएन। आज संयोजक रामप्रसाद सापकोटा र सह–संयोजक रमेश पौडेलले सर्वसम्मत निर्णय गरेर संयुक्त रुपमा हस्ताक्षर गरेर परिपत्र जारी गर्दै जिम्मेवारी बाँडफाँड गरेका हुन् ।

यसले संगठनलाई गतिशील बनाउने र संगठनमा रक्तसञ्चार हुने सविक युवा संघ नेपालका सचिव एवं राष्ट्रिय युवा संघ नेपालका प्रभावशाली नेता बच्चन बहादुर संहले बताए । बच्चन बहादुर संहका अनुसार युवा संगठनले गरेको कामबाट पार्टी नेताहरुलाई बाँकी रहेका एकताको काम सक्काउन बल पुग्नेछ।

बागलुङमा संघको इन्चार्जमा नरेश केसी र सह–इन्चार्जमा सम्पन्न श्रेष्ठ चयन भएका छन् । केसी साविक वाइसिएल नेपालका नेता थिए भने श्रेष्ठ युवा संघ नेपालका नेता थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *