रोट्रयाक्ट क्लब अफ बागलुङले राख्यो अस्पतालमा डिजिटल बोर्ड

आदर्श अनलाइन, बागलुङ
रोट्रयाक्ट क्लब अफ बागलुङले धौलागिरी अस्पतालमा कोरोना सचेतना सम्बन्धी डिजिटल बोर्ड आज उृक कार्यक्रमका बीच स्थापना गरेको छ ।

राट्रयाक्ट क्लब अफ बागलुङको सहयोग र धौलागिरी अस्पताल बागलुङको सहकार्यमा अस्पतालको मुल प्रवेद्वारमा कोरोना सचेतना सहितको डिजिटल र्बाड स्थापना गरिएको रोट्रयाक्ट क्लब अफ बागलुङले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सचेतना समेटिएको डिजिटल बोर्ड धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी रानामगरले उद्दघाटन गर्नुभएको थियो ।

अस्पताल तथा सडकमा हिड्ने नागरीकलाई लक्षित गरी राखिएको सचेतना सहितको डिजिटल बोर्डले कोरोना रोकथाममा योगदान पु¥याउने रानामगलरले बताउनुभयो । सचेतना मुलक डिजिटल बोर्डमा भीडभाडमा नजाउ, माक्स र स्यानिटाइजरको प्रयोग गरों जस्ता कोरोना सम्बन्धी सेचतनामूलक श्लोगन राखिएको छ । कार्यक्रममा धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आगमी अध्यक्ष शिव केसीले बोर्ड व्यवस्थापनको विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष तारा प्रसाद शर्माको अध्यक्षता, आगमी अध्यक्ष शिव केसीको उपाध्यक्ष साधना पन्तको धन्यवाद मन्तव्य र प्रस्तावित अध्यक्ष झोकेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *