तेक्वान्दो संघद्धारा म्याग्दीमा एकदिने स्वास्थ्य शिविर

बेनी : तेक्वान्दो संघद्धारा आयोजित एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ
जिल्ला खेलकुद विकास समिती तथा म्याग्दि तेक्वान्दो संघद्धारा आयोजित एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । निदान समाज नेपालको सह आयोजनामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो।

बेनी नगरपालिका वडा नं ८ स्थित कवडहलमा उक्त स्वास्थ्य शिविर अयोजना गरिएको थियो। एक दिने स्वास्थ्य शिविरमा होल बडि चेक अप तथा औषधि वितरण गरिएको थियो ।

जनस्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउँदै जाने तेक्वान्दो संघ म्याग्दिका अध्यक्ष भोज बहादुर थापाले बताउनुभयो ।

सांसद भुपेन्द्र बहादुर थापाको प्रमुख आथित्थतामा सम्पन्न भएको कार्याक्रमबाट ६० जनाभन्दा बढि लाभान्वित भएको कार्यक्रम संचालक लक्ष्मण शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *