पहिरो पीडितलाई १० लाख राहत

आदर्श अनलाइन, स्याङ्जा

वालिङको तमादीमा पहिरोमा परी ज्यान गुमाउनका परिवारलाई संघीय सरकारको तर्फबाट शुक्रबार एकमुष्ट राहत प्रदान गरिएको छ । असोज ८ गते बिहान पहिरोले घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उनीहरुको घरमै पुगेर १० लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।

पहिरोमा परेर पनि बाँच्न सफल मनिषा नेपाली र आमा र भाइहरुको निधनपछि काजकिरिया गर्न मुम्बईबाट आएका भोजराजलाई उनले उक्त रकम प्रदान गरिन् ।

आमासहित परिवारका ९ सदस्य एकैपटक गुमाउनुपर्दाको पीडा आफूले महसुस गरेको मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालले मनिषाको शिक्षाका लागि आफूले व्यवस्था गर्ने र अभिभाकसमेत आफू रहेको घोषणा गरिन् ।

सम्पतिका नाममा भएको एउटा घर पनि पहिरोले पुरेपछि भारतबाट आएका भोजराजले स्कुलमा काजकिरिया गरेका छन् । पीडित र विस्थावितको घर निर्माणको जिम्मा सरकारले लिने पनि उनले बताइन् ।

तमादी मन्त्री अर्यालको माइती गाउँ हो । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *