अन्तरपार्टी महिला सञ्जालमा बुढा

आदर्श अनलाइन, बागलुङ

अन्तरपार्टी महिला सञ्जाल बागलुङको अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की कुसुम बुढा चयन हुनुभएको छ ।

आलोपालो प्रणाली अन्तर्गत बुढाले आगामी एक वर्षका लागि सञ्जालको नेतृत्व सम्हाल्नुभएको हो । बुढालाई आजै निवर्तमान अध्यक्ष मञ्जु क्षत्रीले सञ्जालको निर्णय पुस्तिका प्रदान गरी पद हस्तान्तरण गर्नुभएको थियो ।

सञ्जालको उपाध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट भगवती केसी, सचिवमा नेपाली काङ्ग्रेसबाटै पिङ्गला जिसी खड्का, सह–सचिवमा सत्तारुढ नेकपाबाट टीकाकुमारी विक र कोषाध्यक्षमा जनता समाजवादी पार्टीकी मिमा गुरुङ श्रीस चयन हुनुभएको छ ।

यस्तै सदस्यमा मञ्जु क्षत्री, सुनिता श्रेष्ठ, गङ्गा शर्मा, चिनीमाया कालामगर, लक्ष्मी बोहोरा, सीता सापकोटा, गोमा छन्त्याल, कमला पराजुली र बलीमाया थापा रहनुभएको छ ।
पदभार ग्रहण पछि बोल्दै अध्यक्ष बुढाले महिलाका हक, अधिकारको रक्षाका लागि सञ्जाललले सशक्त भूमिका खेल्ने बताउनुभयो ।

“सञ्जालाई जिल्लाका दशै स्थानीय तहमा विस्तार गर्ने योजना छ”, उहाँले भन्नुभयो, “महिला शसक्तीकरणलाई प्राथमिकता दिएर काम गर्छौँ ।” केन्द्रीय नीति अनुसार जिल्लाका मुख्य पाँच राजनीतिक दलका महिला सञ्जालमा आवद्ध छन् ।

सञ्जालमा सत्तारुढ नेकपा, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, माले र राप्रपाको प्रतिनिधित्व छ । पद हस्तान्तरण कार्यक्रम निवर्तमान अध्यक्ष क्षत्रीको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *