रेशको बौरमा जडीबुटी सम्बन्धी अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिका–७ रेश स्थित बौरमा जडीबुटी सम्बन्धी आइतबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक बन उपभोक्ता महासंघ बागलुङ जिल्लाको संयोजन र मालुका पातल सामुदायिक बन उपभोक्त समूह बौरको आयोजनामा एक दिन जडीबुटी सम्बन्धी अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य तथा रेशका वडा अध्यक्ष प्रेम लामिछानेले सामुदायिक बनमा पाइने जडीबुटीका विषयमा उपभोक्ता जानकार हुँनुपर्ने र जडीबुटीको सही सदुपयोग गर्न सकेमा मात्रै समृद्धि आउने बताउनुभयो ।

उहाँले अब घाँस र दाउराले मात्रै उपभोक्तालाई फाइदा नहुँने भन्दै जडीबुडी निकासी तथा प्रबर्दन गर्न आवश्यक रहेको बताउनुभयो । उक्त बनमा झण्डै १५० प्रकारका जडीबुटीरहेकाले घाँस दाउरा मात्रै प्रयोग नगरेर उक्त जडीबुटी समेत प्रयोग तथा निकासी गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका गण्डकी प्रदेश सदस्य कुल कार्की, जिल्ला महासंघ बागलुङका अध्यक्ष राज थापा लगायतले जडीबुटीको फाइदा र यसको प्रर्बद्धनका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ३५ जना उपभोक्ताहरु भौतिक दुरी कायम गरी सहभागी हुनुभएको थियो ।

कार्यक्रम मालुका पातल सामुदायिक बनका अध्यक्ष होम बहादुर पुनको अध्यक्षता, धनमाया थापाको स्वागत तथा सचिव लोक श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जडीबुटीका विषयमा जानकारी भएका केही उपभोक्ताहरुको अनुभव समेत सुनिएको थियो । यस्तै काठेखोला गाउँपालिका रेशको वडा स्तरीय सामुदायिक बन सञ्जाल समेत गठन गरिएको छ ।

मालुका पातल सामुदायिक बनका अध्यक्ष होम बहादुर पुनको अध्यक्ष, सचिव मीना थापा र कोषध्यक्षमा युवाराज गौतम र अन्य सामुदायिक बन सदस्य रहने गरी वडास्तरीय सामुदायिक वन सञ्जाल गडन गरिएको हो । रेशमा ९ वटा सामुदायिक वन रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *