फेदीखोला गाउँपालिका भाटखोलाको शारदा स्कुललाई स्टेसनरी

आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जाको फेदीखोेला गाउँपालिका भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई स्टेसनरी सामग्री प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा उक्त विद्यालयलाई स्टेसनरी सामग्री प्रदान गरिएको हो ।

प्रमुख अतिथि जोन ९७ का चियर पर्सन विशाल सुवेदीले कार्यक्रम उद्घाटन गर्दै लायन्स क्लबको उद्देश्य भनेकै सेवा, सहकार्य र नेतृत्व भएकाले विषम परिस्थितिमा पनि सेन्ट्रल गार्डनले देखाउने भन्दा व्यवहारोपयोगी काम गरेकोमा खुसी व्यक्त गरे । क्लबका निवर्तमान अध्यक्ष मीना रानाभाटले शिक्षक दिवससँगै आफ्नो जन्मदिन समारोहका बीच विद्यालयका प्रधानाध्यापक दीपक रानाभाट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाटलाई शैक्षिक सामग्री हस्तान्तरण गरिन् ।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेकी रानाभाटले आफूले अक्षर सिकेको विद्यालयका लागि केही गरौं भन्ने भित्रैदेखि लागेकोमा यस पटक अवसर जुरेको बताइन् । क्लबले विद्यार्थीका लागि ज्यामेट्रिबक्स, कपी, कलम, विद्यालयका लागि अक्सफोर्ड डिक्सनरीलगायत बहुउपयोगी पुस्तक, फोटोकपी पेपर, कोरोना सचेतना सामग्री, मास्क र स्यानिटाइजर गरी २२ हजार बराबरको सामग्री प्रदान गरेको हो ।

उक्त सामग्रीका लागि मेम्बरसीप डाइरेक्टर तुल रानाभाटले ५ हजार, निवर्तमान अध्यक्ष मीना रानाभाटले ३ हजार, संस्थापक अध्यक्ष हरि भाट, एलसिआइएफ कोअर्डिनेटर प्रमोद रानाभाटले जनही १ हजार ५ सय सहयोग गरेका थिए । अन्य रकम भने वर्ष २०२०/२१ का अध्यक्ष असफल गौतमकातर्फबाट व्यवस्थापन गरिएको थियो ।

शैक्षिक सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाटले सामग्री लक्षित वर्गका हातहातमा पुग्ने प्रतिबद्धता व्यक्त गर्दै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गए तापनि आफूहरु विद्यालयको गरिमा जोगाउन तत्पर रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक दीपक रानाभाटले आफूले अक्षर सिकेको स्कुलमा सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै सहयोग कहिल्यै सानो नहुने बताए ।

क्लब अध्यक्ष असफल गौतमले साथ र सहयोगले सामाजिक सेवाका काममा सदा उर्जा मिल्ने धारणा राखे । कार्यक्रममा संस्थापक अध्यक्ष हरि भाट, पूर्व अध्यक्ष कृष्ण रानाभाट, वर्तमान सचिव सुजित बिजुक्छे, क्लब मेम्बरसीप डाइरेक्टर तुल रानाभाटले शुभेच्छा व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *