आदर्श अनलाइन, पोखरा
बैदेशिक रोजगार ठगी केशका फरार प्रतिवादीलाई झन्डै ९ वर्ष पछि कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं – १६ अर्मला बस्ने ४० वर्षीय हेम प्रसाद गुरुङ रहेका छन् ।
२०६८ साल साउन ८ गते बैदेशिक रोजगार ठगी केशमा कास्की जिल्ला अदालतको फैसलाले गुरुङलाई लगत नं : १२६२ मा दुई बर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेकोमा प्रतिवादी गुरुङ हालसम्म फरार रहेका थिए ।
गुरुङलाई प्रहरीको टोलीले मंगलबार बिहान ८ :५ बजेको समयमा सोही स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।