ताराखोलामा जडिबुटी सम्बन्धी अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
ताराखोला गाउँपालिका वडा नम्बर ५ धस्मरमा जडिबुटि सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ बागलुङको आयोजना, ताराखोला स्थानीय महासंघ, ठूलो भिर सामुदायिक वन उपभोक्ता समूह र जुल्फे वन उपभोक्ता समूहको संयोजानमा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले वनमा भएका जडिबुटीहरुको पहिचान र उपयोग गरि आयआर्जनमा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापा, ताराखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबहादुर रोका, वडा नम्बर ४ का वडा अध्यक्ष जितबहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम ठूलोभिर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिपक रानाको अध्यक्षता, पूर्णमाया रानाको स्वागत र धन बहादुर बुढाको संचालन सम्पन्न भएको थियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *