सहकारी म्यानेजर्स क्लब कास्कीको भर्चुअल सभा,समिति सर्वसम्मत

आदर्श अनलाइन, पोखरा

सहकारीका प्रवन्धकहरुको साझा संस्था को(अपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) कास्कीको तेश्रो वार्षिक साधारण सभा भर्चुअल रुपमा गरिएको छ ।

देशमा बिद्यमान कोरोना संकटका कारण क्लबको निर्वाचन सहितको साधारणसभा पनि भर्चुअल रुपमा गरिएको अध्यक्ष डम्मरसिंह बस्नेतले बताए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीमा देखिएका विकृतिलाई सुधार गर्न क्लब र त्यसमा आवद्ध व्यवस्थापकहरुको भुमिका महत्वपूर्ण हुने बताए । व्यवस्थापकहरुको संगठनले नियमनकारी भूमिका पनि निभाउनु पर्नेमा उनले जोड दिए । कोरोनाका कारण सदस्यलाई पुस एण्ड पुल गरेर सेवा दिनु पर्ने समय आएको र संस्थाहरुले सहकारी मूल्य र सिद्दान्तमा पनि रहेर सेवा दिनु पर्ने बताए ।

भर्चुअल साधारणसभामा अध्यक्ष बस्नेतले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष हरीप्रसाद पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले पोखरा नगरपालिकाको विपद कोषमा १ लाख ११ हजार ३ सय ३३ रुपैंया सहयोग गरेको जानकारी दिए । संस्थामा १०९ जना जना सदस्य आवद्ध रहेको र ४,४८,४४० को कारोबार गरी ४,१५,१८६ खर्च भएको तथा ३३,२५४ बचत रहेको जानकारी गराए ।

२०७५ श्रावण २२ गते स्थापना भएको क्लबले कास्कीका सहकारी संस्थाका ब्यवस्थापकहरुलाई क्लवमा आवद्ध गराई बिभिन्न सहकारीका समस्या र सहकारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन समेत गर्दै आएको छ ।

संस्थाको निर्वाचन उपसमितिले वर्तमान कार्यसमितिलाईनै सर्वसम्मत निर्वाचित गरेको जानकारी गराएको छ । कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष मिलन ढकाल, मानार्थ सदस्य भिम गुरुङ, भोजराज घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम संस्थाका उपाध्यक्ष अपिल कोइरालाले संचालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *