भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बजेट १० करोड

आदर्श अनलाइन, बागलुङ

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले चालु आर्थिक वर्षमा करिब दस करोड रुपियाँको बजेट कार्यान्वयनमा ल्याउने भएको छ ।

केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो ।

केन्द्रले शुक्रबार बागलुङमा आयोजना गरेको आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले एक करोड ९८ लाख रुपियाँ प्रशासनिक तथा उपभोग खर्च र अन्य आठ करोड ८८ लाख ९० हजार रुपियाँ पुँजीगत तथा अनुदानका कार्यक्रममा खर्च हुने जानकारी दिनुभयो ।

पाण्डेले विज्ञ केन्द्रको पुरानो भवनमा नयाँ भवन निर्माण, सवारीसाधन खरिद, मेसिनरी औजार खरिद, कार्यालयका फर्निचर तथा सामग्री खरिद बाहेक अन्य प्राय कार्यक्रम किसान केन्द्रीत भएको बताउनुभयो । चालु आर्थिक वर्षमा केन्द्रले साना व्यवसायीक फर्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बिमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपंक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणकालागि अनुदान वितरण गरिनेछ ।

यस्तै कार्यालयले नियमिम पशु पंक्षीको उपचार, खोप, पशु स्वास्थ्य शिविर, कृषकहरुलाई तालिम, स्थानीय पशु प्राविधिकहरुसँग समन्वयात्मक बैठक, मासु पसल तथा डेरी पसल सुधार कार्यक्रममा समेत बजेट विनियोजन गरिएको पाण्डेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *