जेसिजको गजल प्रतियोगता सम्पन्न

आदर्श अनलाई, बागलुङ
बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताहको पाँचौ दिन धौलागिरि एफएमवाट गजल प्रतियोगिता सम्पन्न गरिएको छ ।

युवाहरुको नेतृत्व र व्यक्तित्व बिकासमा सक्रिय बागलुङ जेसीजले बिभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि मनाउन शुरु गरेको सप्ताहको पाँचौ दिन साहित्यप्रेमिहरुको क्षमता पहिचानका लागि एफएमवाट प्रत्यक्ष रुपमा प्रतियोगिता गरिएको हो ।

खुल्ला गजल प्रत्योगितामा बिभिन्न स्थानवाट २४ जनाले सहभागीता जनाएको प्रतियोगितामा मगर प्रेम उत्कृष्ट र प्रमिला शर्मा सान्त्वना हुनु भएको छ । प्रतियोगिताको निर्णायकमा नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल र धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्मा रहनु भएको थियो ।

उत्कृष्ट र सान्त्वना बन्न सफल प्रतियोगिलाई सप्ताहको अन्तिम दिन २९ गते बिहिबार गरि युवा सम्मान तथा समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने प्रतियोगताका संयोजक साधना पन्तले जानकारी दिनुभयो ।

पुरस्कारका लागि सत्यदेवि स्मृति कोषबाट र सर्जक हाल पोर्चुगलमा रहनु भएको सुजन बिसर्जनले पुरस्कारको व्यवस्था गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बागलुङ जेसीजले कोरोनाका कहरका बिचमा पनि प्रविधिको अधिकतम प्रयोग गरि साहित्यको बिकासका लागि गजल प्रतियोगता गरेर आफुलाई थप स्थापित बनाएको बताउनुभयो ।

कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता, कार्यकारीणी उपाध्यक्ष तथा सप्ताहका मुल संयोजक सौरभ श्रेष्ठको कार्यक्रमका वारेमा जानकारी सहित स्वागत र उपाध्यक्ष एवँ कार्यक्रम संयोजक साधना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

सप्ताहको छैटौ दिन २८ गते बुधबार बोर्ड व्यवस्थापन र सातौ दिन २९ गते बिहिबार युवा सम्मान तथा समापन कार्यक्रम गरिने मुल संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

जेसिजको गजल प्रतियोगता सम्पन्न

  1. Thank you a lot Adarsha Sanchar for kind love and support towards us. Hope it will extend beyond limitation in coming days.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *