बुर्तिबाङमै ६ महिलाको शल्यक्रिया मार्फत सफल प्रसूती

साधना पन्त, बागलुङ
बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्र बागलुङमा असोज महिनामा मात्र ६ जना महिलाको शल्यक्रिया मार्फत सफल सुत्केरी गराईएको छ ।

जसमध्ये २ जनाको स्थायी बन्ध्याकरण समेत गरिएको बुतिवाङ प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्ल ठकुरीले जानकारी दिनुभयो ।

केन्द्रका प्रमुख ठकुरी र तालीम प्राप्त डाक्टर अनिल केसीको समुहले स्वास्थ्य केन्द्रमै शल्यक्रिया मार्फत प्रसुती गराएको हो ।

विषेशज्ञ डाक्टरको अवभाव हुँदा गर्भवती र सुत्केरीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको बुर्तिवाङमा पछिल्लो समय तालीम प्राप्त डाक्टर अनिल केसी आएपछि दुर्गमका महिलाको समस्यामा समधान भएको उहाँले बताउनुभयो ।

सुत्केरी भएपछि उच्च रक्तश्राव, पाढेघरको नालीमा गर्भ रहेको, गर्भावस्था र प्रस्तुतीको समयमा आउने जटिलतालाई पछिल्लो समय बुर्तिवाङमै समधान गर्न सम्भव भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय रोल्पाबाट सरुवा भएर बुर्तिवाङ आएका तालीम प्राप्त डाक्टर अनिल केसीले दुर्गममा बसेर सेवा गर्ने प्रतिवद्धताले आफुहरु उत्साहित भएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *