मन्त्री मण्डल पुर्नगठन : अर्थमा पौडेल

आदर्श अनलाइन, बागलुङ
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा तीन जना मन्त्री थप्नुभएको छ । प्रधानमन्त्रीले केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गर्नुभएको छ ।

ओलीले अर्थमन्त्रीमा पार्टीका महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिइएको हो ।

यस्तै रक्षा मन्त्रालयबाट इश्वर पोखरेललाई हटाई प्रधानमन्त्रीले आफै राख्नुभएको छ भने, पोखरेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी दिइएको छ ।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपाका शिर्ष नेताहरुबीच मन्त्रीमण्डल पुर्नगठन सम्बन्धमा विभिन्न कोणबाट छलफल भएपनि अन्तत प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन मन्त्रालयमा मात्रै मन्त्री चयन र जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

यस्तै धौलागिरीबाट मन्त्री बन्ने चर्चामा रहनुभएका नेकपाका स्थायी कमिटि सदस्य तथा बागलुङबाट निर्वाचित संघीय सांसद देबेन्द्र पौडेल मन्त्रीमण्डल पुर्नगठनमा पर्नुभएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *