बागलुङका पाँच कला साधकलाई फरक-फरक सम्मान

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा लामो समयदेखि साहित्य र संगीत साधनामा समर्पित पाँच सर्जक, समाजसेवी तथा संगीतकर्मीलाई बुधवार सम्मान गरिएको छ ।


यस वर्षको मोती सार्थक सम्मान बागलुङका पूर्व सांसद रहेका गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानालाई प्रदान गरिएको छ ।

यसैगरी, धवल कला मन्दिरबाट प्रत्येक वर्ष प्रदान गरिदै आएको धवल मोति सम्मानबाट बागलुङ बजारका महेशचन्द्र प्रधान र रमेशकुमार राजभण्डारीलाई संयुक्त रुपमा प्रदान गरिएको छ भने स्मृति प्रकाशनबाट प्रदान हुने स्मृति युवा सम्मानबाट गलकोटका सुन्तली कुँवर र सरिता खड्कालाई सम्मान गरिएको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।


तीन वटै फरक फरक संस्थाबाट फरक फरक समयमा प्रदान गरिने सम्मान कोरोनाका कारण यसपटक सामुहिक रुपमा प्रदान गरिएको हो ।

विद्या मन्दिर पुस्तकालयमा आयोजित एक समारोहका बीच बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीले दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।


जिल्लाको गलकोटमा अन्र्तराष्ट्रिय मुर्तिकला आयोजना गरेर अभुतपूर्व सन्देश र प्रेरणादायक कार्य सहित समाजसेवामा समेत नेतृत्वदायक भुमिका निर्वाह गर्नुभएका पूर्व सांसद रानालाई कला प्रतिको समर्पण र समाजसेवाको योगदानको कदर स्वरुप मोती सार्थक सम्मान प्रदान गरिएको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष रोशनले जानकारी दिनुभयो । यो सम्मान यसअघि २०७४ सालमा बागलुङका वरिष्ठ पत्रकार बिदुर खड्का, २०७५ सालमा चिकित्सक डा. हेमा छन्त्याल र २०७६मा मुस्ताङका पत्रकार भिम रसाइलीलाई प्रदान गरिएको थियो ।

धवल कला मन्दिरले साहित्य र कला संगीतमा योगदान पु¥याउदै आएका व्यक्तिहरुलाई २०७४ साल र स्मृति प्रकाशनले २०६५ साल देखि प्रत्येक वर्ष युवा सहित्यकारलाई सम्मान गर्दै आएको छ ।

यस वर्ष प्रधान र राजभण्डारीलाई प्रदान गरिएको धवल मोती सम्मान २०७४ सालमा कृष्णलाल शाक्य, पद्मनारायण श्रेष्ठ, २०७५ सालमा सुर्यप्रसाद श्रेष्ठ मिलन र इन्द्रकुमारी श्रेष्ठ, २०७६ सालमा ठाकुरजंग राजभण्डारी र मछिन्द्र शाक्यलाई प्रदान गरिएको थियो ।

पुरस्कार बितरण पछि बोल्दै बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष राजभण्डारीले कला साहित्य सार्थक जीवन र सभ्य समाजका लागि अपरिहार्य भएकाले यसको प्रर्वद्धन र संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

समाजमा लुकेर रहेका प्रतिभाको पहिचान र सम्मानका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुनेमा जोड दिनुभयो ।


कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, सम्मानित ब्यक्तित्व पुर्व सांसद पुर्णबहादुर राना, महेशचन्द्र प्रधान, सुन्तली कुवंर, नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, बिद्या मन्दिर पुस्तकालयका सचिव रामचन्द्र शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


सम्मानित पाचै व्यक्तित्वका बारेमा बिद्या मन्दिर पुस्तकालयका कोषाध्यक्ष एबं सर्जक कोपिला कँडेलले जानकारी दिनुभएको थियो ।

|कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठान एवम् स्मृति प्रकाशनका अध्यक्ष साहित्यकार काजी रोशनको अध्यक्षता, प्रतिष्ठानका सदस्य कृष्णप्रसाद न्युरेको स्वागत मन्तव्य र सदस्य सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *