सहकारी बैंकद्वारा सल्लाहकार चयन

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिले ८ जनालाई सल्लाहकार मनोनयन गरेको छ ।
सञ्चालक समितिको बिहीवार बसेको वैठकले सल्लाहकारहरुमा केशव प्रसाद बडाल, दिपक प्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा.डा. विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ, पशुपति चौलागाई, राधा घले र मीनराज कंडेललाई चयन गरेको छ ।

बैंकमा विगतमा ९ जनाको सञ्चालक समिति रहदा ७ सदस्यीय सल्लाहकारको व्यवस्था रहेको थियो । १५ औं वार्षिक साधारणसभाबाट १५ सदस्यीय सञ्चालक समितिको व्यवस्था भएपछि बढीमा ९ सदस्यीय सल्लाहकारको व्यवस्था गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

बैंकमा हाल १२ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब ३९ करोड शेयर पूँजि, ५१ अर्ब ७४ करोड निक्षेप, र २४ अर्ब ३९ करोड कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

बैंकले हाल ४४ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई सेवा दिदै आएको छ । हालै राष्ट्रबैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको र नयाँ शाखा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको गुरागाईले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *