चितुवाको आक्रमणबाट ज्यान गुमाएकाकाे परिवारलाई राहत

आदर्श अनलाइन, तनहुँ 
चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारका पीडित परिवारलाई डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराएको छ । गत साउन २१ गते चितुवाको आक्रमणबाट मृत्यु भएका ११ महिनाका बालक नारायण रानाको परिवारलाई विहीबार नौ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।

उक्त रकमको चेक सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले मृतकका बुबा विष्णुकुमार रानालाई हस्तान्तरण गर्नुभयो । उहाँले जङ्गल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गइरहेकाले यस्ता घटना दोहोरिन नदिन चनाखो बन्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हँुदै गएकाले सुरक्षित घरबासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

गत साउन २१ गते घटनालगत्तै डिभिजन वन कार्यालयले किरिया खर्चबापत पीडित परिवारलाई रु ५० हजार राहत उपलब्ध गराएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप रु दश लाख दिने प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *