बुर्तिबाङ राइजिङ क्लवद्वारा ढोरपाटन र निसीखोलाका बाढी तथा पहिरो पीडितलाई सहयोग

आदर्श अनलाइन, बुर्तिबाङ
बुर्तिबाङ राइजिङ युवा क्लव बुर्तिबाङले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका बाढी तथा पहिरो पीडितहरुलाई राहत सहयोग गरेको छ ।

भूजिखोलामा गत भाद्र १७ गते राति आएको बाढीमा परी ज्यान गुमाएका मृकका परिवार र निसीखोला गाउँपालिकामा पहिरोका कारण आफन्त गुमाएका परिवारलाई राहत दिएको हो ।

क्लवले राहत संकलन अभियान संचालन गरेर देश विदेशबाट संकलन गरेको १ लाख ९९ हजार ५ सय ४९ रुपैयाँ र क्लवको आन्तरिक कोषबाट १२ हजार रुपैयाँ गरी गरी २ लाख ११ हजार ५ सय ४९रुपैयाँ राहत रकम सहयोग गरेको छ ।

ढोरपाटन नगरपालिकाका बाढी प्रभावितका लागि ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा १ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

क्लवका अध्यक्ष यामु पौवी , उपाध्यक्ष ममता गैरै, महासचिब गोपाल महत र क्लवका सदस्य तथा राहत संकलन अभियान्ता मिनु बिसी लगायतको टोलीले राहत जम्मा गरिएको भौचर नगरप्रमुख देव कुमार नेपालीलाई उपलब्ध गराएका छन् ।

क्लवले परिवारलाई ६७ हजार रुपैयाँ वडा नम्बर ९ का अध्यक्ष हरी बहादुर घर्ति तथा वडा सदस्यहरुको रोहवरका उपलब्ध गराएको छ ।

ढोरपाटन नगरपालिकामा पहिरो प्रभाबित पुनम परियारलाई ३ हजार ५ सय रुपैयाँ र चन्द्रकली बिक लाई ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको क्लबका अध्यक्ष यामु पौविले बताए ।

बाढीका कारण आफ्नो अविभावक गुमाएका ढोरपाटनका २३ जना बालबालिकालाई २७ हजार ५ सय ४९ रुपैयाँ बराबरको शैक्षिक सामग्री र महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

निसीखोला गउँपालिकामा विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण आफ्ना परिवार गुमाएका ५ परिवारलाई प्रति परिवार रु २ हजारका दरले १० हजार रुपैयाँ राहत रकम उपलब्ध गराएको छ ।

निसीखोला गाउँपालिकाको कार्यलय मै पुगेर गाउँपालिका अध्यक्ष तारानाथ पौडेल तथा उपाध्यक्ष शोभाकुमारी कार्कीको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको होे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *