यस वर्षको जेसिज युवा सम्मान लामिछाने र श्रेष्ठलाई

आदर्श अनलाईन , बागलुङ
बागलुङ जेसिजले हरेक वर्ष जेसिज सप्ताहामा २ जना युवालाई सम्मान गर्दै आईरहेको छ । यो वर्षको जेसिज युवा सम्मान बागलुङ नगरपालिका वडा नम्बर १ का सूर्य लामिछाने र वडा नम्बर १ कै सुदिप श्रेष्ठले पाउनु भएको छ ।

यवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय बागलुङ जेसिजले वर्ष २०२० को जेसिज सप्ताहा बिहिबार सम्पन्न भएको छ । सप्ताहको अन्तिम दिन युवा सम्मान गरीसमापन गरेको हो । समाजमा विभिन्न विधामा सकरात्मक काम गरेका युवाहरुलाई जेसिज युवा सम्मानले सम्मानित गरीने बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

जेसिज सप्ताहाको समापन कार्यक्रममा नेपाल जेसिज क्षेत्र ख निरुपीत कार्यकारिणी अपध्यक्ष लालमणी भण्डारी, बागलुङ जेसिजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष तारा प्रसाद शर्मा लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षयता, जेसिजका कार्यकारिणी उपाध्यक्ष रामचन्द्र गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जेसिज सप्ताहा असोज २३ गतेबाट सुरु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *