कास्कीकोटमा दशै पूजा नहुने

आदर्श अनलाइ, पोखरा
कास्कीकोटमा रहेको गुप्तकालीका मन्दिरमा यस वर्ष दशै पूजा नहुने भएको छ । विश्वमा वड्दो संक्रमणले नेपालमा समेत दिन प्रतिदिन संक्रमितको संख्या वृद्धि भएकोले गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले भक्तजनहरुको लागी प्रवेशमा रोक लगाएको छ ।

महामारी नियन्त्रण र शान्ती कामनाआर्थ पूजा गरिने समितिका अध्यक्ष दिलिप विक्रम शाहीले जानकारी दिनु भयो । गुप्तकाली मन्दिरमा गएको चैत्र देखि भकल तथा पञ्चवलीका पूजाहरु रोकिएका छन् । मन्दिरको पुर्न निमार्ण कार्य समेत केही वाँकी रहेको र अहिलेको परिस्थितिमा विश्व शान्तिको कामना गर्दे सिमित पूजारीहरुले पूजा गर्ने समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले वाताउनु भयो ।

मन्दिरमा विगतका वर्षहरुमा घटस्थापनाको दिन देखि विशेष पूजा हुने गरेको थियो । सप्तमीको दिन मन्दिरमा पोखराको रामघाटबाट फूलपत्रको डोली कुँवर जातिको सरुन खेल लगाएत सवै कार्यक्रम रोकिएको समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *