कमर्शियल सहकारीद्वारा सुपथ मुल्य पसल सञ्चालन

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा क्रियाशिल एक सहकारीले घटस्थापनाको दिन पारेर सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ ।

जिल्लाको कमर्शियल बहुउदेश्यीले सहकारीले आफ्नो उद्देश्य अनुरुप सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मुल्य पसलको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गर्नुभएको छ । शुभारम्भका अवसरमा नगर प्रमुख पौडेलले सहकारी मार्फत शेयर सदस्य र गैर शेयर सदस्य लक्षित गरी सुपथ मुल्य पसल सञ्चालनमा ल्याउदा चाडवाडको मुखमा राहत हुँने बताउनुभयो । “कतिपय सहकारी नाम अर्कै, काम अर्कै गर्नेहरु छन्,” नगरप्रमुख पौडेलले भन्नुभयो “बुहुउद्देश्यीय सहकारीले गर्नुपर्ने काम अनुसार चाडवाडको मुखमा आएर सुपथ मुल्य पसल खोल्नु निकै सुखद् पक्ष हो ।”

सहकारीले सुपथ मुल्य पसललाई निरन्तर रुपमा सञ्चालन गर्नेगरी घटस्थापनाको दिनबाट शुरु गरेको सहकारीका अध्यक्ष हिरामणी उपाध्यायले जानकारी दिनुभयो । २०६४ सालमा स्थापना भएको सहकारीले बागलुङ बजारको मुख्य चोक हल्लन चोकमा रु.६० लाखमा घडेरी खरिद गरी रु. ६० लाख खर्चेर आफ्नै भवन निर्माण गरेको छ ।

नवनिर्मित भवनबाट आफ्नो बचत तथा ऋणको कारोवार संगै सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मुल्य पसलमा चिनी, नून, दाल, चामाल, तेल सहित २० प्रकारका खाद्य सामाग्री सुपथ मुल्यमा उपलव्ध हुँने सहकारीले जनाएको छ । सहकारीले बजारभाउ भन्दा केही सस्तो दरमा होलसेल तथा खुद्रा मुल्यमा खाद्य सामाग्री उपलव्ध गराउने भएको छ । कोरोनाको कारण देखाउदै शाल्ट टेड्रिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय बागलुङले यस वर्ष सुपथ मुल्य पसल सञ्चालनमा नल्याउदा उपभोक्त मर्कामा पर्दै आएको सन्र्दभमा सहकारीले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।

७३५ जना शेयर सदस्य रहेको सहकारीमा रु.३ करोड ८२ लाख शेयर पुँजी रहेको छ । सहकारीले गाउँमा गएर अर्गानिक कृषि उपज खरिद गरी विक्रि गर्ने उद्देश्य समेत लिएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, बचत तथा ऋण केन्द्रिय संघ नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता, उपाध्यक्ष चक्र बहादुर थापाको स्वागत तथा सचिव टेक बहादुर आरसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *