नेडाकको उपाध्यक्षमा के.बी.उप्रेती

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि सञ्जाल (नेडाक) को उपाध्यक्षमा पुन निर्वाचित हुनु भएको छ ।
नेडाकको शनिवार भएको साधारणसभाबाट उप्रेती दोस्रो कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

राष्ट्रिय सहकारी बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आउनु भएको हो । सन १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशष्ेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एशियाका १६ संस्थाको सञ्जालबाट शुरु भएको नेडाकमा हाल २४ सदस्य संस्थाहरु आवद्ध रहेका छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *