करेन्ट लाग्दा पोखरामा १ जनाको मृत्यु

आदर्श अनलाइन, पोखरा
करेन्ट लाग्दा कास्कीमा सोमबार १ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका २३ ठुलाखेतका ज्ञानेन्द्र दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

पोखरा ५ माछापुच्छ«े टोलमा किनारा पसल सञ्चालन गर्ने ३५ वर्षीय दाहाल पोलमा बत्ती जडान गर्न चढेका थिए ।

पोलमा चढ्दा करेन्ट लागेर घाइते भएपछि उनलाई साढे ११ बजे फिस्टेल अस्पताल लगिएको थियो ।

उनलाई अस्पताल पु¥याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *