लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई कोरोना संक्रमण

आदर्श अनलाइन, पोखरा
चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गायक न्यौपानेले आइतबार प्राप्त रिर्पोट अनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको सोमबार जानकारी दिनुभएको हो । उहाँ सहित जीवनसंगीनी भगवती न्यौपानेलाई समेत कोरोना संक्रमण पुष्टि भएको न्यौपानेले बताउनुभयो ।

आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैप्रति आभार व्यक्त गर्दै न्यौपानेले कोरोनालाई सजिलै परास्त गर्नसक्ने आत्मबल मिलेको बताउनुभएको छ । ‘हालसम्म स्वास्थ्यमा दुवैलाई केही समस्या छैन, विश्वास छ हामी कोरोनालाई छिट्टै सजिलै जित्नेछौं’ न्यौपानेले भन्नुभयो ।

ट्रेसिङमा परेर होम आइसोलेसनमा बसेर स्वाब दिई रिर्पोट नआउँदासम्म आफूहरु संक्रमणफैलन नदिन घरमानै बसेपनि सबै यसरीनै बसेको नहुन सक्ने उहाँको चिन्ता छ ।

स्वाब संकलन गरिसकेपछि रिर्पोट नआउँदाको समयसम्म स्वाब दिएको व्यक्ति होम आइसोलेसनमा बसेको छ छैन कतैबाट निगरानी नभएको पाएको उहाँले सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *