२४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिए

आदर्श अनलाइन, काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३  संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् । 

सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ ।

होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *