पोखरामा ६८ जनालाई कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा
पोखरामा आज ६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार थप २० जनालाई संक्रमण पुष्टि भएसंगै पोखरामा आज संक्रमितको संख्या ६८ पुगेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखराका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २८ वर्षीय १ जना महिला तथा २९ वर्षीय १ जना पुरुष रहेका छन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

पोखरा ७ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी सो वडाका ४१ वर्षीय पुरुष हुन् । पोखरा १० का ३४ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १२ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत ४९ र ६८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १३ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३६ वर्षीय महिला सहित ३८ र ५२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१४ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगत ४२ तथा ४६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । १५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३५ र ३८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १६ का ५८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ । पोखरा १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २५ र ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो ।

पोखरा १८ की २६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा २६ की ५० वर्षीय १ जना महिला तथा ३० का ३५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ६७ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *