श्रोता दर्शकको मन जित्दै ‘पीर नगर मञ्जरी,प्राण छन्जरी’

आदर्श अनलाइन,बागलुङ

महानायक राजेश हमाल, लोकप्रिया गायक तथा मोडेल प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीको को नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ ।

गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत गत सोमबार युट्युब मार्फत सार्वजनिक भएको थियो ।

गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ । बागलुङ घर भई हाल अमेरिकामा रहेका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।

“मञ्जरीको पनि राम्रो प्रतिक्रिया आएको छ, युट्युबको भ्यूज, कमेन्ट, लाइक हेर्दा हामी उत्साहित छौँ”, सर्जक पन्तले भने । गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन् । निर्देशक बब्लु गायक/मोडल प्रकाश सपूतका भाइ हुन् ।

गीतको उत्पादक बागलुङकै प्रकाश जिसी हुन् । उनि पनि अहिले अमेरिकामा बस्छन् । गीतमा पाँच लाखबढी लगानी भएको जनाइएको छ । गायिका घर्ती, मोडल सपूत र निर्देशक बब्लुको पनि जन्मथलो बागलुङ हो । गायक पराजुली भने स्याङ्जाका हुन् ।

गीतले माया प्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवालज वाफ छ । साँस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ । गीतको म्युजिक भिडियो लिंक तल हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *