रत्नलक्ष्मी मावि रिघाको हिरक महोत्सवको हिसाव सार्वजनिक

कमल पौडेल/गल्कोट

जिल्लाको गलकोट नगरपालिका ११ रिघा स्थित रत्नलक्ष्मी माध्यमिक विद्यालयको गत मंसिरमा सम्पन्न हिरक महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ ।

बुधवार विद्यालयमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हिसाव अनुसार महोत्सवमा २ करोड ५२ लाख १४ हजार २ सय ४१ रुपैयाँ आम्दानी भएको छ छ । जसमध्ये ५४ लाख ८४ हजार ८ सय ३९ रुपैयाँ खर्च भएको बिद्यालयले जनाएको ।

महोत्सवमा घोषित रकम मध्ये १ करोड ४० लाख ५४ हजार ७ सय ५१ रुपैयाँ रकम उठेको र १ करोड ११ लाख ५९ हजार ४ सय ९० उठ्न वाँकी रहेको आर्थिक समितिका कोषाध्यक्ष आशा रानाले जानकारी दिनुभयो । सो रकम केही समयमै उठाउने गरी तयारी गरिएको आर्थिक समितिका अध्यक्ष धनबहादुर श्रीसले बताउनुभयो । कार्यक्रममा आर्थिक समितिका सचिव दान बहादुर श्रीसले सरोकारवालाले गरेको जिज्ञासामा प्रक्ष्ट पार्नुभएको थियो ।

विद्यालयले हिरक स्मारिकाको पनि तयारी गरिरहेको र सबै चन्दादाताको सहयोग बिवरण विद्यालयको स्मारिकामा प्रकाशन गर्ने तयारी गरिरहेको विद्यालयका प्रधानाध्यापक तुलबहादुर श्रीसले जानकारी दिनुभयो

सो अवसरमा बोल्दै गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचाले विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय गराउन हिरक महोत्सवको बाहाना बनाएर रकम उठाइएको वताउँदै अव वोलिएको रकम उठाउन र वाचा गरिएको काम पुरा गर्न ढिला गर्न नहुने बताउनुभयो । प्राकृतिक र साँस्कृतिक हिसावले अनुपम रिघालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न एकजुट हुन र काममा लाग्न आह्वान गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले हिरक महोत्सवको बेला गरिएको वाचा पुरा गर्न कोरोना लगायतका केही चुनौतिहरु समेत रहेको भन्दै सवै क्षेत्रबाट सहयोग र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष श्रीसले वडा नं. ११ को समग्र शैक्षिक नेतृत्व रत्नलक्ष्मी माविले गर्नुपर्ने बताउँदै आधार विद्यालय सवलिकरणमा समेत विद्यालयको भूमिका हुने बताउनुभयो । कार्यक्रममा आर्थिक समितिका अध्यक्ष धन बहादुर श्रीस, सचिव दान बहादुर श्रीस, कोषाध्यक्ष आशा राना लगाएतले बोल्नुभएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, प्रधानाध्यापक तुल बहादुर श्रीसको स्वागत मन्तव्य तथा शिक्षक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

सो कार्यक्रममा हिरक महोत्सवमा सहयोग गर्ने ५ वटा आमा समुह तथा एक क्लवलाई ५/५ हजार नगद सहित सम्मान गरिएको थियो । विद्यालयले गत मंसिर २५ गते देखि २९ गते सम्म हिरक महोत्सवको आयोजना गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *