कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीलाई अलग्गै व्यवस्था

आदर्श अनलाइन, काठमाण्डौं

अब हुने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यता प्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गरिने बोर्डले जनाएको छ ।

यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ ।

बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षासमेत गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ ।

लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निर्णयबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने हुनेछन् । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगित भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *