मुस्ताङमा सवारी दुर्घटना हुदाँ एक युवकको मृत्यु

एसके थकाली,जोमसोम

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेमा सवारी दुर्घटनामा हुदा एक युवाको मृत्यु भएको छ।

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे स्थित बेनी-जोमसोम सडकमा पार्किङ गरेर राखेको स्थानमा जोमसोमबाट काठमाण्डौ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको घोडाघोडी यातायात प्रालिको यात्रुवाहक बस र थासाङ गापा-२ कोवाङबाट जोमसोम तर्फ जाँदै गरेको बा ३९ प ७२८० नम्बरको मोटरसाइकल सडक क्रस गर्नेमा अचानक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा मुस्ताङको घरपझोङ गापा-४ बस्ने १८ बर्षिय बिनोद सुनारेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार, बस र मोटरसाईकल सडक क्रस गर्ने क्रममा दुर्घटना हुदा मोटरसाइकलको पछाडीपट्टी बसेका सुनारको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका सुनारको लासलाई शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पठाईएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनापछि बसका चालक तथा मोटर साईकल चालक दुबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *