‘उही खोलीमा पानी’ पछि वसन्त र राजनको नयाँ गीत सार्वजनिक

आदर्श अनलाइन,बागलुङ

लोकप्रिय सांगीतिक जोडी वसन्त थापा र राजन गुरुङको नयाँ गीत बजारमा आएको छ ।

यो जोडीले चार वर्ष अघि तयार गरेको ‘उही खोलीमा पानी, उही खोलीमा माछा, उर्लि आयो बैंश मेरो काजाम् काजाम् भाछ’ बोलको गीत युट्युवमा १६ मिलियन अर्थात १ करोड ६४ लाख १९ हजार भन्दा बढी पटक हेरिएको छ । यो नेपाली लोकदोहोरी इतिहासमै युट्युवमा दुर्लभ रेकर्ड हो ।

तिनै सफल जोडीको सहकार्यमा गत बिहिवार मायालु तिमी मुटुमा छौ बोलको गीतको म्युजिक भिडिया गायक राजन गुरुङको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रल्हाद सुवेदीको शव्द, वसन्त थापाको संगीत, आशिष अविरलको एरेञ्ज तथा राजन गुरुङ र बिष्णु माझीको सुमधुर आवाजमा सजिएको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट छ । यो गीतको भिडियो हाल सम्म ८१ हजार बढी पटक हेरिसकिएको छ ।

सुनिल क्षत्रीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गायक गुरुङ, संगीतकार थापाका साथै चर्चित कलाकार रजनी गुरुङ, सुमित्रा तामाङको नाँच तथा अभिनय छ । गीतको म्युजिक भिडियो तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *