पूर्व गृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

आदर्श अनलाइन, काठमाडौँ 
पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। शर्माले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्।

‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु’, उनले भनेका छन्, ‘केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’

हाल नेपालमा शीर्षनेता सँगै कारोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। शनिबार मात्र श्रीमती हिसिला यमीसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *